नेपाल प्रहरीले माग्यो १ लाख म्यादी प्रहरी (सुचनासहित)



सरकारले १ लाख जना म्यादी प्रहरी माग गरेको छ ।आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो ।

जसमा माग पद संख्या १ लाख जना रहेको जनाइएको छ ।चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले सूचनामा जनाएको छ । तोकिएको मितिभित्र विहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिने छ ।

त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ।म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ उपलब्घ गराइने सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : चैत्र १, २०७८ मंगलबार  ८ : ०९ बजे