भारतका लागि नेपाली राजदूत डा शर्माले लिए शपथ



भारतका लागि नेपाली आवासीय राजदूत डा शङ्करप्रसाद शर्माले शपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए ।नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार  ३ : ११ बजे