मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता



आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता भएका छन् । ३० वैसाखमा हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा किरात खम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी दर्ता भएका हुन् ।

नेपाल, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपालको लागि नेपाली पार्टी र नेपाल कम्युनिष्ट पार्टी ९समाजवादी० दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले बताए ।

निर्वाचन आयोगले आफ्नै निर्वाचन चिह्न लिनका लागि तोकेको समयमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका १३ दलको जिल्ला स्तरको संगठनात्मक संरचना ९जिल्ला समिति०बारे विवरण प्राप्त भएको जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले भने जिल्लामा विवरण बुझाउनु नपर्ने सूचना अधिकारी राईले बताए ।

निर्वाचनमा उठ्ने उम्मेद्‌वारलाई सोही दलको निर्वाचन चिह्न दिनका लागि राष्ट्रिय दल बाहेकका दललाई जिल्ला स्तरको संगठन संरचनाको विवरण ६ चैतभित्र पेस गर्न भनिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : १७ बजे