मधुबनको मेयरमा कांग्रेस नेता अधिकारिको दाबी



स्थानीय तहको निर्वाचन मिती नजिकिँदै जाँदा जिल्ला- जिल्लाको चुनावी माहोल बिस्तारै तात्न थालेको छ भने उमेदवारहरुले पनि पार्टिका नेताहरुसँग भित्रभित्रै टिकटको लबिङ तिब्र पारेका छन्।

यसैबिच नेपाली कांग्रेस बर्दियाका नेता युबराज अधिकारिले मधुबन नगरपालिकाको मेयरमा दाबी गरेका छन ।

हाल पार्टिको महाधिबेशन प्रतीनिधी रहेका अधिकारी लामो समय जिल्ला नेविसंघ र तरुण दलमा काम गरेर पार्टी राजनितिमा आएका हुन ।

हाल उनि नेपाली जनसम्पर्क सिमिती जापानको सहमहामन्त्री पनि हुन । उनि २ बर्षदेखी जिल्लामै रहेर पार्टी राजनिति र सामाजिक काममा  सक्रीय रहेका छन ।

बिगत कोरोना माहामारिकालमा उनले गरेको सहयोग र सामाजिक कामलाई जिल्लामा उदाहरणिय रुपमा हेरिएको छ ।

उनिसँगै जिल्लाका नेताहरु रामचन्द्र थापा,जग्गा प्रसाद पाण्डे र प्रेम बहादुर गुरुङ पनि मधुबनको मेयरका दाबेदार हुन भने उप मेयरमा सरस्वती शाह्, तुलसी पुन लगायतको दाबी छ ।

प्रकाशित मिति : चैत्र १४, २०७८ सोमबार  ९ : ०५ बजे