बालुवाटारमा सत्ता गठबन्धनको बैठक : प्रधानमन्त्रीको भारत भ्रमण र चुनावी तालमेलबारे छलफल



सत्तारूढ गठबन्धनको बैठक आज बिहान साढे १० बजे बालुवाटारमा बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

प्रधानमन्त्रीको आजैबाट सुरु हुने भारत भ्रमण अघि भारत भ्रमणका क्रममा उठाउने एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बैठक बोलाएका हुन् ।बैठकमा स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आबद्ध दलहरूको समीकरणका विषयमा पनि छलफल केन्द्रित हुने बताइएके छ ।

गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी यसअघि नै स्थानीय तहको चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि सोही अनुरुपको निर्णय गरेपछि अब तालमेलको मोडालिटी लगाइन लागिएको हो ।

कांग्रेस नेता प्रकाशमान सिंहले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा तालमेलका लागि मोडालिटी तय हुने बताएका थिए । तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरुप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले पनि बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताएका थिए ।

प्रकाशित मिति : चैत्र १७, २०७८ बिहिबार  ८ : ३७ बजे