स्याङ्जामा जीप दुर्घटना,४ जनाको मृत्यु, ६ जना घाइते



स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा  ४ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा अन्य छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजीवबहादुर बस्नेतले जनाकारी दिए ।

गम्भिर घाइतेलाई अस्पताल पठाइएको र उनीहरूको अवस्था जानकारिमा आइनसकेको बस्नेतले जनाकारी दिए ।

गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागी पोखरातर्फ पठाइएको छ भने मध्यम घाइते भएका २ जनाको प्राथमीक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार  १२ : २३ बजे