मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशमा १ मा तीन लाख नयाँ मतदाता थपिए



आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन कार्यालय र राजनीतिक दलहरुलाई भ्याइनभ्याई भइरहेको अवस्था छ । प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडा सदस्यहरु निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

आगामी स्थानीय तहको निर्वाचनमा प्रदेशभरिमा नयाँ मतदाता तीन लाख ५१ हजार ६१० जनाले पहिलोपटक आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा कूल २९ लाख ९३ हजार ७७४ जनाले आ–आफ्ना मताधिकार प्रयोग गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि बनेका नयाँ राजनीतिक संरचनामा स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन दोस्रो हो ।

आफ्ना मन परेका राजनीतिक दल र प्रतिनिधिहरुलाई मतबाट विजय बनाउने क्रियाकलापमा स्थानीय तहमा नागरिकहरु कस्सिएर लागेको देखिन्छ । अनेक सम्भावना र आकाङ्क्षा बोकेको जनताको आवाज र भावनालाई प्रतिविम्बित गर्न कुनै कसर बाँकी नराख्ने राजनीतिक दलले जनताका माझमा गएर बताइरहेका छन् ।

कतिपय उम्मेदवार हुन चाहने तर राजनीतिक दलले टिकट नदिने सम्भावना देखिएपछि दल परिवर्तन गर्ने मानिसहरुको लर्को हेरेर पनि अनुमान लगाउन सकिन्छ कि मुलुक अहिले निर्वाचनमय भएको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष, स्वतन्त्र बनाउन प्रदेश निर्वाचन कार्यालय विराटनगरले जिल्लामा निर्वाचन अधिकृतको कार्यालयलाई विभिन्न अनुसूची, मतदाता नामावली ९सादा०, दस्तखत नमूना, नमूना मत पठाउने कार्य आजदेखि सुरु गरेको छ ।

यसअघि कार्यालय प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, राजनीतिक दललगायत अन्य वर्गमा पनि निर्वाचनमा पालना गर्नुपर्ने आचारसंहिताका विषय गम्भीर छलफल एवं बहस पनि सम्पन्न गरेको छ । प्रदेशका सम्पूर्ण स्थानीय तहमा निर्वाचन अधिकृत खटिएको र भोलि प्रदेशभरि जिल्ला निर्वाचन अधिकृत तथा स्थानीय पालिका निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रदेशमा १६ लाख ९९ हजार ८०० पुरुष, महिला १६ लाख ४५ हजार ५६१ र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाताले निर्वाचनमा आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : ०१ बजे