कामना सेवा विकास बैंकको आठौं शाखा रहित बैंकिङ्ग सेवा सुरु



कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल बैशाख ८ गते बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं. ०२ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले मध्यनेपाल न.पा. वडा नंं. २ सोतीपसल स्थित पौडेल इलेक्ट्रिक पसलका (प्रो. लक्ष्मण पौडेल) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नं. १ का वडा अध्यक्ष चन्द्रमणि पौडेल र वडा नं. २ का वडा अध्यक्ष पदम बहादुर थापाले उक्त शाखा रहित बैंकिङ्ग सेवाको संयुक्त रुपमा उद्घाटन गरी सेवा शुभारम्भ गरे । कार्यक्रममा उद्योग वाणिजय संघका अध्यक्ष ऋषी राम पुरी र मंगला माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णु हरि बास्तोला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा लिएको बैंकले जनाएकोे छ ।

प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार  ८ : ५१ बजे