गभर्नर अधिकारीको रिटमा यसअघिकै अन्तरिम आदेशलाई सर्वोच्चले गर्‍यो सदर



राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बन फुकुवा गरेको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ।

सर्वोच्च अदालतले मुद्दाको अन्तिम निर्णय नभएसम्म गभर्नर पदबाट निलम्बनका लागि २४ र २५ चैतमा भएको प्रक्रियासहितको निर्णयसँगै अधिकारीको नाममा गरिएको पत्राचार कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीशहरू सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार मुद्दाको सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । इजलासले ६ वैशाखमा जारी गरेको अन्तरिम आदेशलाई पनि निरन्तरता दिएको छ ।

न्यायाधीशद्वयले पूर्व गभर्नर डा। तिलकबहादुर रावल, डा। दीपेन्द्रबहादुर क्षेत्री र संगीता भण्डारीको मुद्दामा यसअघि सर्वोच्चले नै प्रतिपादन गरेको नजिरलाई पनि टेकेर अधिकारीको मुद्दामा आदेशमा दिएका हुन् ।

प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार  ८ : २८ बजे