मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित



खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् ।

केपिलासगढी गाउँपालिका(२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका-३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् ।

खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।

बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् । बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ११ : ३२ बजे