मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका राई विजयी



खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका माईतीराज राईलाई पछि पार्दै समिर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । समिरले २ हजार २४४ मत पाउँदा माइतीराजले १ हजार ८०८ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले बताए ।

अध्यक्षका निकटतम प्रतिस्पर्धी माइतीराज कांग्रेस बाहेकको गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राई विजयी भएका छन् । उनले १ हजार ९८३ मत प्राप्त गरेका छन् । उपाध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेकी मैयाँ सुनुवारले १ हजार ७६१ मत पाएका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष एमालेका कृष्णकुमार राईले १ हजार ७४४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : २९ बजे