सुन्दरबजारमा कांग्रेसका कोइराला निर्वाचित



जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन् । गएराति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी ल्याउँदै कोइराला विजयी भएका हुन् ।

उहाँले ६ हजार ६४१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त ग्रेका सुन्दरबजारस्थित निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

त्यस्तै, नगर उपप्रमुखमा एमालेकी भवानी केसी विजयी भएकि छीन् । उनले पाँच हजार १८ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गरे भने स्वतन्त्रका द्वारिकाप्रसाद मिश्रले चार हजार ४७५ मत प्राप्त गर्नुभएको छन्।

नगरपालिकामा कूल मतदाता २० हजार ७९६ रहेको छ जसमा ९ हजार ९२७ पुरुष र १० हजार ८६९ महिला रहेका छन् । नगरपालिकामा ११ वडा छन् । निर्वाचनमा १४ हजार ५२ मत खसेको थियो ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ५ : ५५ बजे