चाँगुनारायणको मेयरमा कांग्रेसका जीवन खत्री विजयी



भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी भएका छन् । यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक कांग्रेसले मेयर हात पारेको हो ।

निकतम प्रतिद्वन्दी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् ।

उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । कांग्रेसका उपमेयरलाई पछि पार्दै रमेशले जित हासिल गरेका हुन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ८ : ०२ बजे