डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नरेन्द्र चौधरी ‘पप्पु’ ले छ हजार २७२ र उपाध्यक्षमा नेपाली कांग्रेसकी साहिदा बानोले पाँच हजार ८८४ मत ल्याएर निर्वाचित भएको डुडुवा गाउँपालिकाका निर्वाचन अधिकृत फटिकराज मुडवरीले जानकारी दिए । चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ९जसपा०का भण्डारीलाल यादवले पाँच हजार १२५ मत पाउँदा एमालेका उम्मेदवारले तीन हजार ७१९ मत पाएका थिए ।

छवटा वडा रहेको सो गाउँपालिकामा एक वडा कांग्रेस, तीन वडा जसपा र दुई वडा एमालेले जितेको छ । यसअघि राप्ती सोनारी गाउँपालिका पनि कांग्रेसले जितेको थियो । बाँकेका ८१ वडामध्ये अहिलेसम्म ३३ वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये एमालेले नौ, नेकपा ९माओवादी केन्द्र०ले नौ, कांग्रेसले आठ, जसपाले पाँच र राप्रपाले दुई वडा जितेको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ८ : १६ बजे