लिखुको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले



ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मिलन व्ष्टिलाई २८४ मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी भएका हुन् ।

कार्कीले तीन हजार ७७६ मत ल्याएर विजयी हुँदा विष्टले तीन हजार ४९२ मत प्राप्त गरे । उपप्रमुखमा एमाले उम्मेदवार अस्मिता थापा फराकिलो मतान्तरले विजयी भएकी छन् ि।

गाउँपालिका अध्यक्षका उम्मेदवार माओवादीका एकिन्द्रराज कटवालले ९३३, एकीकृत समाजवादीका नेत्रप्रसाद भटराईले १६०, मङ्गोलनेशनल अर्गनाइजेशनका दावा शेर्पाले ३७, राप्रपाका जुद्धवीर पौडेल र स्वतन्त्र उम्मेदवार राजन सुवेदीले १०/१० मत ल्याएका छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  २ : ०९ बजे