कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बलात्कारका आरोपितका सम्बन्धमा अनुसन्धान थाल्न सरकारसँग माग गरेका छन् ।उनले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न समेत सरकारसँग आग्रह गरे ।
शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुने क्रममा उनले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् ।
सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट आफू बलात्कारमा परेको घटना एक युवतीले सार्वजनिक गरेको विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै उनले बलात्कार सम्बन्धमा रहेको मौजुदा हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् ।
उक्त घटना सार्वजनिक भइसक्दा पनि दोषी पक्राउ नपरेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका उनले तत्काल दोषीलाई पक्राउ गर्र्न माग गरेका छन् ।सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेकी थिइन् ।








