मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झलनाथको गृह नगर सूर्योदय नगरपालिका प्रमुखमा नेकपा एसका राई दोस्रो कार्यकालको लागि निर्वाचित



झलनाथ खनालको गृह नगर इलामको सूर्योदयमा नेकपा एसका रणबहादुर राई निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राईले नेकपा एमालेका उम्मेदवार काजिमान कागतेलाई पराजित गरेका हुन् । काजिमान कागते प्रदेश सासंदबाट राजीनामा दिएर दिएर नगरपालिका प्रमुखको उम्मेदवार बनेका थिए । राई सूर्योदय नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

राईले १२ हजार ४३१ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका कागतेले दश हजार ५७९ मत पाएका छन् । राईले कागतेलाई एक हजार ८५२ मतान्तरले पराजित गरेका हुन् । राई २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार भएर नगरप्रमुख निर्वाचित भएका थिए । एमाले विभाजनपछि राई नेकपा एसमा लागेका थिए ।

नगरपालिकाको उपप्रमुखमा भने कांग्रेसका दुर्गा बराल निर्वाचित भएका छन् । उनले एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईलाई पराजित गरेका हुन् । गठबन्धनबाट उम्मेदवार बनेका बरालले ११ हजार ८५४ मत प्राप्त गरेका छन् भने भट्टराईले नौ हजार १२२ मत प्राप्त गरिन् । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी भट्टराई उपप्रमुखमा निर्वाचित भएकी थिइन् । उपप्रमुख दोहो¥याउ उनको चाहानामा काँग्रेसका बरालले पुरा हुन दिएनन् । छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ८ : ०२ बजे