दुर्घटनाग्रस्त तारा एयरको विमान थासाङ–२ मा भेटियो



बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले  भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो

प्रकाशित मिति : जेष्ठ १६, २०७९ सोमबार  ८ : ०९ बजे