संघ सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिँदै (तालिकासहित)



संघ सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण दिन लागेको हो ।

मन्त्रालयका सहसचिव डा. गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमूखीकरण दिइने भएको हो ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २५/२६ जेठ अभिमूखीकरण दिइने भएको छ भने मधेस, गण्डकी र कर्णालीमा २७.२८ जेठमा मिति तय भएको छ ।

त्यस्तै, बागमती र लुम्बिनीमा ३०/३१ जेठमा अभिमूखीकरणको कार्यतालिका तय भएको छ । कार्यक्रम स्थलको जानकारी सम्बन्धीत प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०७९ शुक्रबार  ९ : ५२ बजे