नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,निर्वाचनको समीक्षा गर्ने



नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् ।

उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ ।

३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन ।

 

 

प्रकाशित मिति : जेष्ठ २१, २०७९ शनिबार  २ : ३५ बजे