सम्भाव्य सबै उपाय अवलम्वन गरी मलको सहज आपुर्ति गर्न सरकारलाई प्रतिनिधिसभाको निर्देशन



प्रतिनिधिसभाले अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न नेपाल सरकारलाई निर्देश दिएको छ ।

सोमबार नेकपा एमालेका सांसद विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै प्रतिनिधिसभाले सरकारलाई यस्तो निर्देशन दिएको हो त्यसअघि कृषिमन्त्री यादवले सदनमा उठेका प्रश्नको जवाफ दिएका थिए । एमाले सांसद भट्टराईसहितले राखेको प्रस्तावमा ४८ सांसदले भाग लिएपछि त्यसमा उठेका प्रश्नको जवाफ कृषिमन्त्री यादवले दिएका थिए ।

‘कुल ग्रार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रक समस्या समधान गर्न प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि गर्न आवश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’ छलफलपछि प्रतिनिधिसभाले पारित गरेको प्रस्तावमा भनिएको छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार  ६ : १४ बजे