मतदाता नामावली दर्ता प्रक्रिया सुरू



निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुनस् सुरु गरिएको हो।

काठमाडौं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेको छ ।

सरकारले आउँदो मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । चुनावको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया रोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : असार १, २०७९ बुधबार  ३ : ३९ बजे