वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले कार्यविधि बनाउने तयारी थालेको छ ।बुधवार गैरआवासीय नेपाली संघ ९एनआरएनए० को वालुवाटारस्थित सचिवालयमा भएको छलफलमा सामाजिक सुरक्षा कोषका अधिकारीले सम्भवतः एक हप्ताभित्रै यससम्बन्धी कार्यविधि तयार भइसक्ने जानकारी दिए ।
कोषका कर्मचारी र संघका पदाधिकारीबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य सुरु भइसकेको जानकारी दिँदै कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यविधि बनाएर लागू गर्ने बताए ।
‘हामीले एक किसिमको ड्राफ्ट तयार गरिसकेका छौं। विभिन्न मोडालिटी छन् । एक हप्ताभित्रमा एउटा कंक्रिट तयार हुन्छ। यसमा वृहत् अध्ययन र छलफल गरेर यसलाई कार्यान्वयनको पाटोमा लैजान्छौं,’ ज्ञवालीले भने । यसका लागि गन्तव्य मुलुक सम्बन्धित निकायसँग पनि द्विपक्षीय सम्झौता समेत गर्नुपर्ने उनको भनाइ छ ।
‘श्रमिक विदेशमा बिरामी परेमा, दुर्घटनामा परेमा उतैको निकायले त्यसको औषधी उपचार गर्नेगरी व्यवस्था गर्नुपर्छ। यसका लागि द्विपक्षीय सम्झौता गर्नुपर्छ,’ उनले भने, ‘आजीवन अशक्तता भएमा नेपालको सामाजिक सुरक्षा कोषले समेट्ने गरी कार्यविधि तयार गर्ने तयारी छ । यस्तै कसैको मृत्युवरण भएमा पनि उनीहरूका आश्रित परिवारलाई मलम लगाउने व्यवस्था गर्छौं ।’
उनले वैदेशिक रोजगारमा जानेलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिने बेलामा नै समेट्न सकिने बताए ।कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्नका लागि कोषले ुप्यासन’ को रूपमा लिएर अगाडि बढेकाले एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताए ।








