पेट्रोलियम पदार्थमा कर घटाएर जनतालाई महँगीको चपेटाबाट बचाउन शेखर कोइरालाको माग



कांग्रेस नेता डा शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै कोइरालाले कर घटाएर जनतालाई महँगीको चपेटाबाट बचाउनुपर्ने बताएका हुन् । साथै, उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म कर नलिने निर्णय सरकारले गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

“आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैया, सडक मर्मत कर ४ रुपैयाँ, भन्सार र प्रज्ञापन शुल्क २५।२३ रुपैयाँको आधा १२।६२ रुपैयाँ गरी जम्मा २६.६२ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म कर नलिने निर्णय गरोस् ।” उनले ट्विटरमा लेखेका छन् ।

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  ११ : ४० बजे