बामदेव गौतमले नयाँ दल घोषणा गर्दै, ३ बजे पत्रकार सम्मेलन



नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । गौतमले राजधानीमा आज पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।

मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

गौतमको नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने जनाइएको छ । पार्टीको संयोजकमा गौतम, सचिवमा डिबी कार्की, प्रचार विभागमा नीमकान्त पाण्डेको नाम फाइनल भएको स्रोतले जनाएको छ ।

 

 

प्रकाशित मिति : असार १४, २०७९ मंगलबार  ११ : २८ बजे