कांग्रेस नेता शेखर कोइराला निकट नेताहरूको भेला सम्पन्न भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भएको हो ।
सो भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा. चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, ड.रामशरण महत, सञ्जय गौतम, प्रतिमा गौतम, मनोजमणी आचार्य, रञ्जित कर्ण लगायत नेता सहभागी छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् ।भेला भोली पनि हुने भेलामा सहभागी एक नेताले जानकारी दिए
कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।
जारी भेलामा संस्थापन र संस्थापनइतर समूहमा ६०/४० को भागबन्डा गर्नुपर्ने विषय उठाउने एक नेताले जानकारी दिए ।










