एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता गर्न आफूले अनुमति नदिएको बताएका छन्।
संसदमा सोमबार सम्बोधन गर्दै उनले तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेख्दा आफूलाई नसोधिएको दाबी गरेका हुन्।
अध्यक्ष ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।
विदेशी सेनाको इकाइ नृेपाल रहने गरी हुन लागेको एसपीपीको विषय कुनै दल र कुनै गठबन्धनको कुरा नभएको भन्दै ओलीले यसबारे सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको थियो ।








