माओवादी केन्द्रीय कमिटी बैठक आज बस्दै, प्रचण्डले पदाधिकारीको प्रस्ताव ल्याउने



नेकपा माओवादी केन्द्रको जारि केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने बताइएको छ ।

माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको प्रचण्ड निवास खुमलटारमा हिजो बसेको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।

 

प्रकाशित मिति : असार २२, २०७९ बुधबार  ९ : ०८ बजे