विश्वप्रकाश शर्माको प्रश्न– प्रधानमन्त्री देउवाका सल्लाहकार को हून् ?



नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति प्रश्न उठाएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह कसले दिन्छ ? भन्दै प्रश्न गरेका हुन् ।

संवैधानिक परिषद् सम्बन्धी विधेयक ल्याउने काम गलत भएको भन्दै हिजो ओलीको पालामा गलत भएको कार्य अहिले पनि गलत नै हुने बताए ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौं हामी १ संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।”

प्रकाशित मिति : असार २७, २०७९ सोमबार  १२ : ०८ बजे