मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ



झापाको विभिनन स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिका–३ झोलुङगे पुलबाट करिब ३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगरसहित एक जना भारतीयलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ४२ वर्षीय निखिल विश्वास रहेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बिर्तामोड नगरपालिका–२ चारपाने डेरा गरी बस्ने ३६ वर्षीय बद्री राजबंशीलाई करिब ३ ग्राम ब्राउनसुगरसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

दमक नगरपालिका–९ ईटाभट्टास्थित बाटो छेउमा करिब २५ ग्राम ब्राउनसुगर र नगद १० हजार रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–१ बस्ने ३३ वर्षीय भिम बहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२९ प २२३४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १ : २४ बजे