मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहटमा बसको ठक्करबाट रिक्सामा सवार तीन जनाको मृत्यु



रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान बसको ठक्करबाट रिक्सामा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना महिला घाइते भएकी छिन् ।

मृत्यु हुनेमा रिक्सा चालक सर्लाहीको बाग्मती नगरपालिका–२ सोल्टीका ३८ वर्षीय रवि मगर, रिक्सामा सवार सोही ठाउँका ३८ वर्षीय प्रेम ठाडा मगर र ४५ वर्षीय ढक बहादुर लुंगेली मगर रहेका छन् ।

तीनै जनाको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

घाइते भएकी ढक बहादुरकी श्रीमती सविनालाई भने थप उपचारको लागि वीरगन्ज स्थित न्यूरो अस्पताल पठाइएको छ ।

काठमाण्डौबाट सर्लाही जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ ख २०१ नम्बरको बसले प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई आज बिहान ५ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  २ : ०५ बजे