मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अटो चलाएर गुजारा गर्छन् सलाम बम्बेका शफीक



बाल कलाकारका रूपमा शफीक सैयदले फिल्म ‘सलाम बम्बे’ मा अभिनय गरे । फिल्ममा उनीसँगै रघुवीर यादव, इरफान खान र नाना पाटेकरको पनि अभिनय थियो । ठूला स्टारसँगै उनको अभिनयलाई पनि सबैले मनपराए । उनले नेसनल अवार्डसमेत जिते ।

शफीकले सानै उमेरमा यति ठूलो सफलता पाउँछु भन्ने कहिल्यै सोचेनन् । उनले फिल्ममा कृष्णको भूमिकामा अभिनय त गरे, तर आगामी दिनमा कति संघर्ष गर्नुपर्छ भन्ने उनलाई थाहा थिएन । ‘सलाम बम्बे’ पछि उनको भाग्यको ढोका खुल्नेमा सबै ढुक्क थिए । किनकि उनले नेसनल अवार्ड जितिसकेका थिए । तर ठीकविपरीत भइदियो ।

‘सलाम बम्बे’ पछि उनी अर्को एक फिल्ममा मात्र देखिए । त्यसपछि उनी बलिउडबाट गुमनाम भए । उनले कैयौं निर्माताको घर र कार्यालय धाए, तर कतै काम पाएनन् । उनी निरास भएर गृहनगर बैंगलोर फर्किए । घर फर्किएपछि उनले जीवन चलाउन सानोतिनो काम गरे । कहिले लाइटमेन बने त कहिले अटो चालक ।

उनी अहिले अटो चलाएर परिवारको पालनपोषण गरिरहेका छन् । उनको विवाह भइसकेको छ र चार सन्तान छन् । उनी कन्नड उद्योगको टेलिभिजन प्रोडक्सन युनिटमा असिस्टेन्टको रूपमा पनि काम गर्छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १२ : २२ बजे