प्रविशा अधिकारी र प्रताप दासको स्वरमा प्रीतको रंग सार्वजनिक (भिडियोसहित)



द भोइस अफ नेपालकी कोच प्रविशा अधिकारी र लोकप्रीय गायक प्रताप दासको स्वर रहेको प्रीतको रंग शीर्षक रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

अष्ट्रेलियामा छायांकन भएको गीतमा ज्ञानेन्द्र थेवे र रेशा सापकोटाको अभिनय रहेको छ । ज्ञानेन्द्र नेपालमा रहँदा पनि मोडलिङ गर्थे ।

गीतमा डि.पी. खनालको शब्द,शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ । डश म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियो छांयाकनरनिर्देशन जीवन रसाइलीले गरेका छन् भने डिन्सन शाहको सम्पादन रहेको छ।

भिडियोमा अष्ट्रेलियाका बिभिन्न स्थानहरुलाई आकर्षक ढङ्गले देखाइएको छ ।

प्रकाशित मिति : आश्विन १४, २०७९ शुक्रबार  ७ : २८ बजे