मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भौतिक संरचना हटाउन अटेर गरेपछि कनकाईले चलायो डोजर



झापाको कनकाई नगरपालिकाले सडक क्षेत्रभित्र परेका भौतिक संरचना हटाउन सुरु गरेको छ । सुरुङ्गा बजारपूर्व झापा रोड सडकखण्डमा सडकको जग्गा अतिक्रमण गर्दै बनाइएका भौतिक संरचना हटाउन सुुरु गरिएको हो ।

नगरपालिकाले गत असोज १४ गते नै ३५ दिने सूचना जारी गर्दै सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन आग्रह गरेको थियो । झापा रोड सडकखण्डको स्तरोन्नति सुरु भएसँगै नगरपालिकाले नगरक्षेत्र भित्र बनाइएका भौतिक संरचना हटाउन आग्रह गरेको थियो । सडकको जमिन मिचेर बनाइएका भौतिक संरचना नहटाइएपछि नगरपालिकाले डोजर लगाएर त्यस्ता संरचना हटाउन सुरु गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : १३ बजे