झापा क्षेत्र नं १ को ९१० मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ निर्वाचित भएका छन् ।सत्ता गठबन्धनअन्तर्गत कांग्रेसका उम्मेदवार तामाङ विजयी भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार रविन कोइरालालाई पराजित गरे । तामाङले २३ हजार ४५ मत ल्याउँदा कोइरालाले १८ हजार छ सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए ।
कोइराला नेकपा ९एमाले०का केन्द्रीय सदस्य तथा तत्कालीन संविधानसभा सदस्य हुन् ।विसं २०७० मा भएको संविधानसभा सदस्यको निर्वाचनमा कोइरालाले नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।