मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम–२ (१) मा कांग्रेसका गिरी निर्वाचित



इलाम–२९१० मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी भएका हुन् ।गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार गणेशप्रसाद बरालले १५ हजार चार सय ४७ मत मात्र प्राप्त गरेका छन् ।

यस निर्वाचन क्षेत्रमा ८ जना उम्मेदवार थिए । यस क्षेत्रमा ३६ हजार नौ सय २९ मत खसेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : २९ बजे