मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ



नेपाल प्रहरीले स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुध्द एयरको विमानबाट काठमाडौँदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

पक्राउ परेका अलीसँग रु एक हजार दरका चार सय ८४ थान र रु पाँच सय दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरेको छ । अलीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ५३ बजे