मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री देउवा धनगढी जाँदै



धनगढी, २१ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली धनगढी जाने भएका छन् ।

मंसिर–४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी जान लागेका हुन् ।

धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औं संस्करण उद्घाटन गर्ने कार्यतालिका रहेको छ । धनगढी–१ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले बताए ।

कैलाली उद्योग वाणिज्य संघले देउवा सामु १६ बुँदे माग राख्ने तयारी गरेको छ । जसको प्राथमिकतामा धनगढीमा स्तरिय प्रदर्शनी स्थल निर्माण गरिनुपर्ने माग रहने अध्यक्ष कुँवरले बताए ।

त्यसबाहेक सुदूरपश्चिममा औद्योगिक स्थल निर्माण गरिनु पर्ने भारतसँग जोडिएको गौरिफण्टा नाकाको स्तर उन्नती गरिनु पर्ने, धनगढी विमान स्थलको स्तर उन्नती गरिनुपर्ने लगायत माग रहेका छन् ।

१६औं संस्करणमा सञ्चालन हुने सुदूरपश्चिम महोत्सवमा ४ सय स्टल राखिएका छन् । महोत्सव तयारीमा दुई करोड खर्च लाग्ने अनुमान गरेको उद्योग वाणिज्य संघले महोत्सव अवधिभर ५ देखि ७ करोडको कारोवार हुने अनुमान गरेको छ ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई परिचय पत्रका आधारमा ५० रुपैयाँ निर्धारण गरिएको छ, भने साधार नागरिकलाई एक सय रुपैयाँ टिकट निर्धारण गरिएको छ । तर जेष्ठ नागरिक र फरक क्षेमता भएका व्यक्तिलाई भने निस्शुल्क रुपमा महोत्सव अबलोकन गर्न दिइने अध्यक्ष कुँवरले बताए ।

त्यसैगरी पत्रकार र सञ्चारकर्मीलाई सञ्चार गृहले जारी गरेको परिचय पत्रका आधारमा महोत्सव स्थलमा निस्शुल्क रुपमा प्रवेस गर्न दिइने अध्यक्ष कुँवरले बताए । महोत्स पुष २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ०८ बजे