मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ ले द्वन्द्वकाल र जनआन्दोलनका शहिदका परिवारलाई १ लाख दिने



काठमाडौं, २७ मंसिर ।प्रदेश नम्बर १ सरकारले द्वन्द्वकाल, मधेश आन्दोलन, दोस्रो जनआन्दोलन र आदीवासी जनजाती आन्दोलनमा परि शहिद भएका व्यक्तिका परिवारलाई पैसा दिने भएको छ । प्रदेश १ का स्थायी बसोबास गर्ने यस्ता परिवारलाई १ लाख रुपैयाँ दिन लागेको हो ।

चालु आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाती आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने उल्लेख छ । सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ । यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।

प्रदेश १ मा हाल १४ वटा जिल्ला प्रशासन कार्यालय छन् । सबै जिल्ला प्रशासन कार्यालयबाट निवेदन लिने र रकम पठाउने कार्य हुने मन्त्रालयले जानकारी दिएको छ । कार्यविधिअनुसार संघ र स्थानीय तहबाट यस्तो सुविधा लिइसकेको भए पनि दोहोरो भुक्तानी लिन पाइने उल्लेख छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ११ : ३० बजे