हत्या अभियोगमा एकजना पक्राउ



सुनसरी, ५ माघ । धरान उपमहानगरपालिका-५ आपटारका ३५ वर्षीय विकास भन्ने हर्कबहादुर राई हत्या अभियोगमा पक्राउ परेका छन् । आपटारकै ४९ वर्षीय कुमार बुढाथोकीलाई हत्या गरेको अभियोगमा उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको हो । आरोपी राईले खुकुरी प्रहार गर्दा ३५ वर्षीया मन्जु भन्ने गोमा खड्का राईसमेत घाइते भएकी छन् ।

उनलाई उपचारको लागि विजयपुर अस्पताल हुँदै घोपा अस्पताल धरान पठाइएको छ । आरोपी राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार  ८ : १४ बजे