राष्ट्रपतिका उम्मेदवार पौडेल र समाजवादीका नेता खनालबीच भेटवार्ता



फाल्गुन २२ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। नेता खनाललाई भेट्न पौडेल आज विहान खनालनिवास डल्लु पुगेका हुन् ।

भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषय, आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन लगायतबारे छलफल भएको पौडेलको सचिवालयको भनाइ छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता बढाएका छन ।

आठ दलको साझा उम्मेदवार पौडेल र खनाल बिचको भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार  ११ : ४३ बजे