काठमाडौँ, २५ फागुन । नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले केहीबेरअघि मतदान गरेका हुन् ।
अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।










