काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ । यो उनको दोस्रो कार्यकाल थियो ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले जिम्मेवारीलाई जिम्मेवारी सुम्पिँदै वर्तमान राष्ट्रपति भण्डारीले आज राष्ट्रपति निवास शीतलनिवास छाड्दैछिन्। उनी आज शीतलनिवासबाट बुढानीलकण्ठ(२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा छन्।
भण्डारीको कार्यकाल आजबाट सकिने भएकाले आउँदो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । यही फागुन २५ गते भएको निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।










