एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला



काठमाडौँ, २८ फागुन । नेकपा (एमाले) को प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतकमा मनोनित गरेका हुन् । दुवैलाई यही फागुन २५ गतेदेखि लागू हुने गरी मनोनयन गरेका हुन् । गिरी पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र बर्तौला एमाले पार्टी बागमती प्रदेशको उपसचिव हुन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा गिरी पर्वत र बर्तौला मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : फाल्गुन २८, २०७९ आइतबार  ८ : ३२ बजे