कांग्रेस कार्यसम्पादन बैठक भोलि बस्दै, उपराष्ट्रपतिमा जसपाका यादवलाई मत दिने निर्णय हुने



काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि चैत १ गतेका लागि बोलाएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भोलिको कार्यसम्पादन समिति बैठकबाट उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टीका उमेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय हुन सक्ने एक नेताले जानकारि दिए ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७९ मंगलबार  ८ : ४२ बजे