उपराष्ट्रपति निर्वाचनः मौन अवधि सुरु



१ चैत काठमाडौं। उपराष्ट्रपति निर्वाचनःका लागि मौन अवधि सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार मौन अवधिमा उम्मेदवाहरुले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवाको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न पाउने छैनन्।मतदान हुने दिनभन्दा ४८ घण्टाअगावै अर्थात् गएराति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागु गरिएको हो ।

यसैगरी यस अवधिमा आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित र हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न पनि नपाइने आयोगले जनाएको छ।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ देखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।

प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार  ८ : ५७ बजे