प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने



काठमाडौं, १ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी चैत्र ६ गते विश्वासको मत लिने तयारी रहेको बताइएको छ ।

विश्वासको मत पछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । गत फागुन १३ गते राप्रपाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो भने फागुन १५मा सरकारलाई साथ दिएको नेकपा (एमाले)ले पनि समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार  ५ : १४ बजे