उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित



काठमाडौं । उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।

एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशसभातर्फ १६९ र संघतर्फ १०४ मत प्राप्त गरीन् ।

प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार  ४ : ५३ बजे