निर्वाचन आयोगले आगामी वैशाख १० गते हुँने प्रतिनिधिसभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ । उप–निर्वाचनमा सहभागी हुने दलले आजदेखि दल दर्ता गर्न आयोगले भनेको छ ।
आयोगका अनुसार आज ९चैत ८ गते०देखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिनेछ ।
चितवन( २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सांसद पद गुमेको थियो।तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए।
तेस्तै बारा क्षेत्र नम्बर २ मा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका थिए।
रिक्त रहेका तीनवटै क्षेत्रमा एकैचोटि निर्वाचन गर्ने आयोगले जनाएको छ।










