चैत्र १८ काठमाडौं : नेकपा (एमाले)ले चितवनमा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले चितवन(२ मा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । न्यौपाने एमाले जिल्ला अध्यक्ष हुन् ।
एमाले जिल्ला कमिटीले उम्मेदवारका रुपमा न्यौपानेको नाम सर्वसम्मत रूपमा सिफारिश गरेको थियो । त्यस्तै एमालेले तनहुँ १ का लागि सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।
आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। चितवन(२ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन(२ मा रवि लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।










